images
images

नेप्सेमा भगवती हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

नेप्सेमा भगवती हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • नेप्सेमा भगवती हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको ५७ लाख २० हजार ६४७ कित्ता आइपीओ सूचीकृत भएको हो । 

    images
    images

    उक्त शेयर भोलि अर्थात बिहीवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल बिजिडब्लुटि रहेको छ ।

    नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसा ओपनिङ रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि देखि दोस्रो बजारमा आउनेछ ।

    कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष , स्थानिय बासिन्दाहरु र कर्मचारी सहित १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १ करोड २० लाख कित्ता गरेर कुल ४२ लाख ९० हजार ४८५ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

    शेयर सूचीकरण पश्चात दिनुपर्ने सेवा कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार