काठमाडौँ / एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन) ले कात्तिक १७ गते, शुक्रबार एघारौँ वार्षिक साधारण गर्ने निर्णय गरेको छ ।
कम्पनीको असोज १४ गते आइतबार बसेको १२५ औँ बैठकले सभा कात्तिक १७ गते गर्ने निर्णय गरेको हो । सभा आम्रपाली ब्याक्वेट थिरबम सडक काठमाडौँमा विद्युतिय माध्यमबाट हुने कम्पनीले जनाएको छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज ३० गते एक दिनका लागि बुकक्लोज गर्ने तयारी गरेको छ । यस बुक क्लोजको आधारमा असोज २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।