काठमाडौँ / सिटिजन्स क्यापिटल लिमिटेड (साविकको सिबिआईएल क्यापिटल लिमिटेड)को १७औंं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
साधारणसभाले आर्थिक वर्ष (आव) २०७९/८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गरेको छ ।
साथै, आव २०८०/८१ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा संस्थाको नियमावली अनुसार गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गरेको बताइएको छ ।