images
images

फोनपेको नयाँ ‘सुपरयात्रा’ अभियान, म्याकबुक एयर जित्ने मौका

फोनपेको नयाँ ‘सुपरयात्रा’ अभियान, म्याकबुक एयर जित्ने मौका

बिहिवार, असोज १८ २०८०
बिहिवार, असोज १८ २०८०
  • फोनपेको नयाँ ‘सुपरयात्रा’ अभियान, म्याकबुक एयर जित्ने मौका

    काठमाडौँ / फोनपे ले ‘फोनपे सुपरयात्रा’ नामक नयाँ अभियान संचालन गरेको छ । मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरुबीच डिजिटल भुक्तानीको सहज हुने कम्पनीले जनाएको छ ।

    images
    images

    ‘सुपरयात्रा’ अभियान असोज १७ देखि कार्तिक ११ सम्म लागू हुनेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन् ।

    अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड सुपरयात्रा २०० प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा २०० रूपैयाँ क्यास ब्याक को मजा लिन सक्नेछन् । 

    यस अभियानमा सहभागि हुन ग्राहकहरुले तोकिएको अभियान अवधिमा मोबाइल बैंकिङ एप मार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

    यस अभियानले मोबाइल बैंकिङ एप मार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथ साथै यस चाडपर्वको घडिमा अधिकांश ग्राहकहरुको यात्रामा थप उर्जा थप्ने लक्ष्य पनि राखेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार