images
images

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा क्यासब्याक योजना

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा क्यासब्याक योजना

बुधवार, असोज १७ २०८०
बुधवार, असोज १७ २०८०
  • सानिमा बैंकको मोबाइल बैंकिङ्गमा क्यासब्याक योजना

    काठमाडौँ / सानिमा बैंक र फोनपे प्राइभेट लिमिटेडको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने बैंकले जनाएको छ । 

    images
    images

    यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम २०० रुपैयाँ, विजुलीको बिर्ल ितर्दा २५ वा अधिकतम २५ रुपैयाँ र इन्र्टनेटको बिर्ल ितर्दा २५ वा अधिकतम ५० रुपैयाँसम्मको क्यासब्याकको व्यवस्था गरेको बैंकले जनाएको छ । 

    मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । 

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार