images
images

“सरकार प्रमुख खोज्नुपर्ने भएको छ, अपराधीहरूले नियुक्ति पाएका छन्, गज्जब छ”

“सरकार प्रमुख खोज्नुपर्ने भएको छ, अपराधीहरूले नियुक्ति पाएका छन्, गज्जब छ”

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • “सरकार प्रमुख खोज्नुपर्ने भएको छ, अपराधीहरूले नियुक्ति पाएका छन्, गज्जब छ”

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे २ वर्षमा २ वटा सरकारले गरेका कामको उपलब्धिहरू तथ्य तथ्याङ्कमा सार्वजनिक गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा सरकारका हरेक कामकारबाहीप्रति प्रश्न गर्दै ओलीले राजनीति र अपराधमा फरक देखिन छाडेको बताए । 

    images
    images

    उनले भने, “साढे दुई वर्ष नेपालको शासन हातमा लिएको यो गठबन्धनले यसअबधिमा आफूले प्राप्त गरेको होइन देश र जनताको हितका लागि गरेका कार्यहरु उपलब्धिहरू, नतिजाहरु यस गरिमामय सदनलाई जानकारी दिन म माग गर्दछु ।”

    तथ्य र तथ्याङ्कमा यी विषयहरू राख्नुपर्ने भन्दै उनले थपे, “फेरि पनि मैले भनेको छु–तथ्य तथ्याङ्क र अङ्कमा कुरा गरौँ, यतिकै उपलब्धि भएको छ, सकारात्मक सङ्केत देखिएको छ भनेर हुँदैन ।” 

    “जनताको जीवनस्तरमा के कति सुधार आयो ?” उनको प्रश्न छ । ओली थप्छन्, “कति गरिबी निवारण भयो ? कतिलाई निरपेक्ष गरिबिको रेखाभन्दा माथि उठाउनुभयो ? कति उद्योगहरु स्थापना गर्नुभयो ? अस्पताल, विद्यालय कति बने भन्दै उनले दैनिक कति किलोमिटर बाटो कालोपत्रे गर्नुभयो ? कति किलोमिटर बाटो बन्यो ? कति हवाई मैदान स्तरोन्नति भयो कि के भयो ?” 

    अध्यक्ष ओलीले नेपालमा काम गरिरहेका एक हजार डाक्टरले एकैचोटी देश छोड्न पासपोर्ट बनाउन लागेको भन्दै त्यति धेरै डाक्टरहरुले देश छोड्न लाग्दा पनि सरकारले नसुनेको बताए । उनले परराष्ट्र नीति र सम्बन्धमा समेत सुधार गर्न नसकेको भन्दै डाक्टर र दक्ष जनशक्ति भाग्ने अनि हातपाउ बसेकाहरु मात्रै यहाँ बस्ने अवस्था बनिरहेकाले सरकार हराएको बताए । 

    “यहाँ सरकार हराएको छ, सरकार प्रमुख खोज्नुपर्ने भएको छ । अपराधीहरुले माफी पाएका छन्, उन्मुक्ति पाएका छन् । नियुक्ति पाएका छन् । गजब छ ।”  

    उनी प्रश्न गर्छन्, “यही हो डेमोक्रेसी भन्दै समाजवादको आधार निर्माण यसरी नै हुन्छ ?” एकातिर आर्थिक सङ्कट र अर्कोतिर शान्ति सुरक्षा बिग्रदो अवस्था रहेको उनले बताए । उनले भने, “अर्कातिर  यो सरकारलाई इतिहासको कुन सकारसँग तुलना गर्ने ? राजनीति र अपराधमा फरक देखिन छोडेको छ । आर्थिक संकट एकातिर, शान्ति सुरक्षा विग्रदो अर्कातिर । संविधान कानुन र राज्यप्रणाली नचिनेका बिचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिरहेका छन् ,”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार