images
images

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ठाउँठाउँमा घर भत्किए

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ठाउँठाउँमा घर भत्किए

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ठाउँठाउँमा घर भत्किए

    काठमाडौँ / बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

    images
    images

    उक्त भूकम्पको धक्कापश्चात सर्वसाधारण त्रसित बनेका छन् । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । हालसम्म ग्रामीण क्षेत्रमा कहाँ के भयो क्षतिको कुनै विवरण भने आइसकेको छैन ।

    स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ ।  पत्रकार सिंहले जानकारी दिए । 

    दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार