images
images

प्रभु बैङ्कको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान, अब यी सुवधा थपियो

प्रभु बैङ्कको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान, अब यी सुवधा थपियो

मंगलवार, असोज १६ २०८०
मंगलवार, असोज १६ २०८०
  • प्रभु बैङ्कको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान, अब यी सुवधा थपियो

    काठमाडौँ / प्रभु बैङ्क लिमिटेडको डिजिटल बैङ्किङ्ग सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषतासहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ ।

    images
    images

    प्रभु बैङ्कको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीहरूले भुक्तानी गर्दा एसएमएस वा ईमेल अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ । 

    प्रभु बैङ्कले डिजिटल बैङ्किङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको हो । प्रभु बैङ्कले ल्याएको यस नविनतम् प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोड मार्फत् भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्पmत् तत्काल प्राप्त गर्न गर्नेछन् । 

    प्रभु बैङ्कले फोनपे पेमेण्ट सर्भिसेस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । फोनपे नेटवर्कमा पहिलो पटक उपलब्ध यस सुविधा नेपाल क्लियरिङ हाउस लिमिटेडको नेपाल पे नेटवर्कमा आवद्ध क्यूआरमा भने यस अघि देखि नै ब्यबस्था मिलाई सकिएको छ । 

    क्यूआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय सावित हुने विश्वास रहेको बैङ्कले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार