images
images

आईएमएफको मिसन टोली र सिबिफिनबिच मौद्रिक नीतिदेखि बैङ्किङ क्षेत्रको सुधारका विषयमा छलफल

आईएमएफको मिसन टोली र सिबिफिनबिच मौद्रिक नीतिदेखि बैङ्किङ क्षेत्रको सुधारका विषयमा छलफल

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • आईएमएफको मिसन टोली र सिबिफिनबिच मौद्रिक नीतिदेखि बैङ्किङ क्षेत्रको सुधारका विषयमा छलफल

    काठमाडौँ / आइएमएफ मिसन फर थर्ड रिभ्यु अन्डर द एक्सटेडेड क्रेडिट फ्यासिलिटी अन्तर्गत आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वको टोलीबीच भेटघाट तथा छलफल सम्पन्न भएको छ । 

    images
    images

    सिबिफिन कार्यालय, सुन्धारामा शुक्रबार भएको छलफलमा आईएमएफको नेपालस्थित कार्यालयसँगको समन्वयमा यसअघि नै तय गरिएको उक्त भेटघाटका क्रममा चालू मौद्रिक नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन र आर्थिक एवं बैङ्किङ क्षेत्रका जल्दाबल्दा विषयहरूमा सघन छलफल भएको छ ।

    भेटघाटका क्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले समग्र आर्थिक एवं बैङ्किङ क्षेत्रको सुधार तथा विकासका मुद्दाहरूमा आईएमफसँग निरन्तर छलफल तथा संवाद भइरहेको स्मरण गर्दै अध्यक्ष गोल्यानले नेपालको वर्तमान आर्थिक एवं बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत एवं व्यवहारिक पक्ष र विकास साझेदार संस्थाहरूको भूमिकाका विषयमा स्पष्ट पारे । 

    मिसन टोलीका प्रमुख टिडियान किन्दासहितका प्रतिनिधिहरूले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वभाविक भएता पनि नेपाल सरकारले तत्काल सुधारका कदमहरू चाल्न आवश्यक रहेको बताएका थिए । 

    नेपाल जस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरूको संभावित भूमिकाका विषयमा जिज्ञासा व्यक्त गरेका थिए । 
    मि
    मिसन टोलीको जिज्ञासा मेट्दै सिबिफिनका अध्यक्ष गोल्यानले नेपालको कृषि, वनपैदावर, उर्जा, पयर्टनलगायतका क्षेत्रहरूमा देखिएका अथाह सम्भावनालाई ध्यान दिँदै नेपाल सरकार तथा मातहतका नियामक निकायहरूले मैत्रीपूर्ण नीति र वातावरण बनाइ समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगामूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्ने उल्लेख गरे । 

    त्यसैगरी दातृ निकाय तथा विकास साझेदार संस्थाहरूले पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपालका बैंक तथा वित्तीय संस्थाहरूमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउने विषयमा आवश्यक पहल गर्न अध्यक्ष गोल्यानले टोलीसमक्ष आग्रह गरेका थिए । 

    सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्र प्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीहरूको सामना गरिरहेको भएतापनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीतिको अवलम्बन हुन सकेमा अर्थतन्त्रलाई चलायमान बनाउने सामथ्र्य बैंकिङ क्षेत्रमा रहेको विश्वास व्यक्त गरेका थिए । 
    उक्त भेटघाटका क्रममा अध्यक्ष गोल्यानले ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ नामक अध्ययन पुस्तक र विभिन्न समयमा गरिएका महत्वपूर्ण अध्ययन प्रतिवेदनहरूवारे ब्रिफिङ गर्दै मिसन टोली प्रमुख टिडियान किन्दालाई हस्तान्तरण गरेका थिए । 

    सो अध्ययन पुस्तक तथा प्रतिवेदनहरू ग्रहण गर्दै मिसन टोली प्रमुख किन्दाले सिबिफिनले उठाएका विषयहरूका बारेमा आईएमएफलगायतका निकायहरूमा आवश्यक छलफल गर्ने सन्देश व्यक्त गरेका थिए । 

    उक्त भेटघाट तथा छलफलमा आईएमएफ मिसनबाट मिन्क गोर्ट, रसेल ग्रिन, आईएमएफ नेपालकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेज, अर्थशास्त्रीद्वय सुधा दाहाल, सरस्वती शर्मा र सिबिफिनका कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुश प्रसाद मल्ली, सदस्य उपेन्द्र केशरी न्यौपानेलगायतको सहभागिता रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार