काठमाडौँ / नेपाल रिपब्लिक मिडियाले बार्षिक साधारण सभा कार्त्तिक ३ गते गर्ने निर्णय गरेको छ ।
मिडियाको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले कार्त्तिक ३ गते शुक्रबार तेश्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा सो दिन बिहान साढे १० बजे जडिबुटीस्थित रहेको जडिबुटी इन्द्रेणी ब्याङ्क्वेटमा हुने कम्पनीले जनाएको छ ।
यस बर्ष मिडियाले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद, बोनस र हकप्रद केही पनि वितरण नगर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी असोज २१ गते बुक क्लोज गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ छ ।