images
images

दुई महिनामा १ करोड ६८ लाखको अचार निर्यात

दुई महिनामा १ करोड ६८ लाखको अचार निर्यात

अस्ट्रेलियामा १ करोड १२ लाख २१ हजार रुपैयाँ बराबरको ११ हजार ५ सय २४ किलो अचार निर्यात

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • दुई महिनामा १ करोड ६८ लाखको अचार निर्यात

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को भदौँ महिनासम्ममा करिब डेढ करोडभन्दा बढिको अचार निर्यात भएको छ । चालु आर्थिक वर्षको दोस्रो महिनामा १ करोड ६८ लाख १ हजार रुपैयाँ बराबरको १८ हजार ५ सय २५ किलो अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ । 

    images
    images

    गत आर्थिक बर्ष २०७९/८० को भदौँ महिनासम्ममा २ करोड ७१ लख ८४ हजार रुपैयाँको अचार निर्यात भएको थियो । गत आर्थिक बर्षको साउन र भदौ महिनामा ४८ हजार ८९२ किलो अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा चालु आर्थिक बर्ष अचारको निर्यात ३८.१९ प्रतिशतले घटेको छ । 

    चालु आर्थिक बर्षको दुई महिनामा मुलुकबाट अष्ट्रेलिया, बेल्जियम, क्यानडा, चीन र बेलायतमा अचार निर्यात हुने गरेको छ । चालु आर्थिक वर्ष सबैभन्दा बढी अस्ट्रेलियामा १ करोड १२ लाख २१ हजार रुपैयाँ बराबरको ११ हजार ५ सय २४ किलो अचार निर्यात भएको हो । 

    यस्तै, बेल्जियममा १९ लाख ४८ हजार रुपैयाँ बराबरको २ हजार ८ सय ९५ किलो अचार निर्यात भएको छ । यस्तै, क्यानडामा ९ लाख ५१ हजार रुपैयाँ बराबरको ८ सय ७६ किलो, चीनमा ४१ हजार रुपैयाँ बराबरको ४० किलो र युके (लण्डन) मा २६ लाख ४० हजार रुपैयाँ बराबरको ३ हजार १ सय ९० किलो निर्यात भएको छ । 

    साउन महिनामा १ करोड १७ लाखको अचार निर्यात 

    चालु आर्थिक बर्षको पहिलो महिना साउनमा १ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको नेपाली अचार विभिन्न मूलुकहरूमा निर्यात भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्ह अनुसार साउनको तुलनामा भदौँमा ४२.६५ प्रतिशत अर्थात ५० लाख २४ हजार रुपैयाँ बढिको अचार नेपालबाट निर्यात भएको छ । 

    साउनमा अस्ट्रेलियामा सबैभन्दा धेरै ८८ लाख ६५ हजार रुपैयाँ बराबरको ९ हजार १ सय १३ किलो अचार निर्यात भएको थियो । यस्तै, बेल्जियममा १९ लाख ४८ हजार रुपैयाँ बराबरको २ हजार ८ सय ९५ किलो, क्यानडामा ९ लाख ५१ हजार रुपैयाँ बराबरको ८ सय ७६ किलो र चीनमा सबैभन्दा कम १३ हजार रुपैयाँ बराबरको २० किलो नेपाली अचार निर्यात भएको थियो । 

    गत वर्ष करिब ११ करोड बराबरको अचार निर्यात

    आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १० करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको अचार बाहिरिएको थियो । एक आर्थिक वर्षमा १ लाख ६० हजार ६७२ किलो अचार निर्यात भएको भन्सार विभागको तथ्यांकमा छ । गत आर्थिक वर्ष सबैभन्दा बढी अमेरिकामा ३ करोड ८८ लाख १९ हजार रुपैयाँ बराबरको ४६ हजार ६७१ किलो अचार निर्यात भएको थियो । 

    यस्तै, कोरियामा १ करोड ६८ लाख ९४ हजार, जापानमा १ करोड ६६ लाख ७६ हजार र अस्ट्रेलियामा १ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो । बेल्जियम, क्यानडा, हङकङ, इटाली र लन्डनमा समेत नेपाली अचार निर्यात भएको विभागले जनाएको छ । 

    यता, आर्थिक वर्ष ०७८/७९ मा ३ करोड ८६ लाख ६४ हजारको अचार निर्यात हुँदा आर्थिक वर्ष ०७७/७८ मा ३९ लाख २२ हजार रुपैयाँको मात्रै अचार विदेश गएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार