कामना सेवा विकास बैङ्क र एनएस युनिसेक्स सलोनबीच आज (बुधबार) एक सम्झौता भएको छ । सो सम्झौताअन्तर्गत कामना सेवा विकास बैङ्कसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले रूपन्देही नगरपालिका –७ देवदह स्थित एनएस युनिसेक्स सलोनले प्रदान गर्ने सेवामा हेयरकट र हेयर स्ट्रेथ सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैङ्कसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैङ्कसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैङ्कले विश्वास लिएको छ ।