images
images

सुनको दैनिक आयात कोटा वृद्धि, अब प्रतिदिन २० किलो ल्याउन पाइने

सुनको दैनिक आयात कोटा वृद्धि, अब प्रतिदिन २० किलो ल्याउन पाइने

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • images
    images
    सुनको दैनिक आयात कोटा वृद्धि, अब प्रतिदिन २० किलो ल्याउन पाइने
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । अब योसँगै प्रतिदिन सुन २० केजी आयात गर्न पाइने भएको छ । 

    images
    images

    यसअघि १० केजीमात्रै सुन आयात गर्न पाइन्थ्यो । यसले हालको करिव १० देखि १५ किलोको दैनिक मागलाई धान्न नसकेको सुन व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।

    विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ लाई संशोधन गरेर वाणिज्य बैंकहरुलाई दैनिक १० किलो मात्रै सुन आयातको अनुमति दिँदै आएको राष्ट्र बैंकले बुधबार एक सूचना जारी गरी २० किलो पुर्याएको जानकारी दिएको हो। 

    विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ । नयाँ व्यवस्था अनुसार कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने पाइने छैन ।

    बैंकबाट सुन खरिद गर्ने व्यवसायीले आफूले बिक्रीरउपयोग गरेको सुनको संलग्न अनुसूची २ बमोजिमको ढाँचामा प्रत्येक महिना समाप्त भएको ७ (सात) दिनभित्र सम्बन्धित बैंकमा मासिक विवरण बुझाउनु पर्नेछ । यस्तो विवरण विद्युतीय माध्यमबाट समेत बुझाउन सकिनेछ ।

    undefined

    undefined

    undefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार