images
images

२६ नाकाबाट साढे २ खर्ब बढीको सामान आयात, निर्यात १३ नाकाबाट मात्रै

२६ नाकाबाट साढे २ खर्ब बढीको सामान आयात, निर्यात १३ नाकाबाट मात्रै

व्यापार तथ्याङ्कअनुसार भदौँमा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ बराबरको सामान आयात हुदाँ २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • images
    images
    २६ नाकाबाट साढे २ खर्ब बढीको सामान आयात, निर्यात १३ नाकाबाट मात्रै
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो महिना अर्थात भदौमा साढे २ खर्ब बढीको वस्तु तथा सामान विभिन्न मुलुहरूबाट आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार भदौँमा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विभिन्न मुलुकहरूबाट आयात भएको छ । 

    images
    images

    सो अवधीमा नेपालबाट तेस्रो मुलुकहरूमा २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको मात्रै वस्तु तथा सामान निर्यात भएको छ । यस अवधीमा नेपालले वैदेशिक व्यापारमा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरोको छ । 

    यताबाट हुने निर्यातको तथ्याङ्क हेर्दा कुल भन्सार कार्यालयको ५० प्रतिशत नाका आयातका लागि मात्रै बनेको जस्तो देखिन्छ । किनकि, कुल २७ वटा भन्सार कार्यालयमध्ये १३ वटा कार्यालयबाट वस्तु तथा सामान निर्यात शून्य छ ।भन्सार विभागले दिएको जानकारीअनुसार भद्रपुर, चोभार, गौर, गौतम वुद्ध एयरपोर्ट, जनकपुर, महेशपुर, राजविराज, सति, सिराह, सुनसरी, सुथौली, तातोपानी र टाँडी भन्सार कार्यालयबाट निर्यात नै हुँदैन । चालू आर्थिक वर्षको २ महिने अवधिमा विभागले सार्वजनिक गरेको तथ्याङ्कले यी नाकाबाट एक रुपैयाँको पनि निर्यात भएको छैन ।

    यद्यपि, यही अवधिमा ती भन्सार कार्यालयबाट यस अवधिमा अर्बौँ रुपैयाँको सामान भित्रिएको छ । भद्रपुर भन्सार कार्यालयबाट २० करोड ६० लाख ७१ हजार भएको तथ्याङ्कले देखाएको छ । यस्तै, चोभार भन्सार कार्यालयबाट१८ करोड ७४ लाख ४१ हजार, गौर १६ करोड ६६ लाख ६ हजार रुपैयाँको आयात भएको छ ।

    यी भन्सारबाट निर्यात शुन्य 

    चालु आर्थिक बर्षको भदौँ मसान्तसम्ममा भएको वैदेशिक व्यापार तथयाङ्क अनुसार सञ्चालनमा रहेको २७ नाकाहरू मध्ये १३ नाकाबाट अन्य तेस्रो मुलुकहरूमा नेपालबाट वस्तु तथा सामानहरूको निर्यात शुन्य रहेको छ । यी नाकाबाट वस्तु तथा सामानहरू भित्रिएको मात्रै पाइएको छ । 

    २७ नाका मध्योबाट नै निर्यात शुन्य भएको कारण नेपालको व्यापार घाटा दुई महिनामा २ खर्ब ५९ अर्ब ७४ रुपैयाँ पुगेको हो । नेपालबाट हाल वस्तु निर्यात भएको १२ वटा भन्सार नाका पनि आयातको तुलनामा पर्याप्त रहेको छैन । 

    तथ्याङ्क अनुसार हाल नेपालको कुल व्यापारमा आयातको हिस्सा ९०.७६ प्रतिशत छ भने निर्यातको हिस्सा ९.२४ प्रतिशत मात्रै रहेको छ । जसअनुसार नेपालले एक रुपैयाँ बराबरको सामान निर्यात गर्दा ९ रुपैयाँ भन्दा बढिको सामान आयात गर्छ । 

    import.JPG

    १ भन्सारबाट मात्रै आयात शुन्य 

    चालु आर्थिक बर्षको भदौँ महिनामा १ भन्सार नाकाबाट अर्थात पशुपतिनगर नाकाबाट आयात शुन्य भएको छ । उक्त नाकाबाट १ महिनामा आयात शुन्य हुदाँ २० लाख ५७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ । 

    कुन भन्सार नाकाबाट कतिको आयात–निर्यात ?

    Import, export.JPG

    चीन सामान बेच्छ मात्रै

    चीनसंगको वैदेशिक व्यापारमा यती वेला देशको प्रमु दुई नाकाहरू सञ्चालनमा रहेको छ । तातोपानी भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय ! चीनबाट सामान आयात–निर्यातको लागी दुई नाका सञ्चालनमा रहे पनि आयात–निर्यात दुवै भने हालसम्म एउटा नाकाबाट मात्रै भएको छ । तर तातोपानि नाकाबाट भने निर्यात शुन्य रुहेको छ । 

    चालु आर्थिक बर्षको तथ्याङ्क अनुसार नेपाल–चीनको उत्तरी सीमानामा रहेको तातोपानी नाकाबाट वस्तु तथा सामान आयात मात्रै भएको पाइएको छ । उक्त नाकाबाट यो महिनामा मात्रै नभई विगत ५ बर्षदेखि कुनै पनि प्रकारको वस्तु तथा सामान निर्यात भएको छैन । 

    गत भदौँ १५ गतेबाट उक्त नाकामा मानव आवतजावत सुचारु भएपनि सामानको निर्यात भने भएको छैन । उक्त नाकाबाट २०७२ सालको महाभुकम्पपछि पहिला पटक भदौँ १५ गते शुक्रबारको दिनपछि मानव आवतजावत सुचारु भएको हो । तिब्बतस्थित नेपाली महावाणिज्य दुतावास र चिनियाँ अधिकारीहरूबीच भएको सहमतीपछि उक्त नाका सुरु भएको हो । दुवै देशले भुकम्पले क्षति पुगेको संरचना पुननिर्माण गरेपछि १४ जेठ २०७६ मा वस्तु आयात–निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कारोना भाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा उक्त नाका पुनः बन्द भएको थियो । 

    यस्तो रह्यो भदौँ महिनाको वैदेशिक व्यापार

    आयात– २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार  (५.०६ प्रतिशत गिरावट)

    निर्यात– २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार  (७.७९ प्रतिशत गिरावट)

    व्यापार घाटा– २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार (४.७४ प्रतिशत गिरावट)

    कुल वैदेशिक व्यापार– २ खर्ब ८६ अर्ब १९ करोड ६९ लाख ३१ हजार  (५.३२ प्रतिशत गिरावट)

    आयात/निर्यात अनुपात– ९.८२ (२.९६ प्रतिशत वृद्धि)

    वैदेशिक व्यापारमा निर्यातको हिस्सा– ९.८६ (२.६१ प्रतिशत गिरावट)

    वैदेशिक व्यापारमा आयातको हिस्सा– ९०.५१ (०.२७ प्रतिशत वृद्धि)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार