images
images

भदौमा ५४ करोड ९८ लाखको छुर्पी निर्यात, कुन देशमा कति ?

भदौमा ५४ करोड ९८ लाखको छुर्पी निर्यात, कुन देशमा कति ?

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • भदौमा ५४ करोड ९८ लाखको छुर्पी निर्यात, कुन देशमा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को एक महिनामा मात्रै नेपालले आधा अर्ब भन्दाबढिको कुकरलाई खुवाईने आहार ‘डग च्यु’ अर्थात छुर्पी निर्यात गरेको छ ।

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको दोस्रो महिना (भदौ) मा मात्रै नेपालले ५४ करोड ९८ लाख रुपैयाँको ‘डग च्यु’ अर्थात कुकुरको आहारा निर्यात गरेको हो । 

    ‘डग च्यु’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पी हो । जसको प्रयोग पश्च्मिा मुलुकहरुमा कुकुर–बिरालोको आहारका रुपमा गरिन्छ । नेपालको अहिले यसको निर्यात बढ्दै गइरहेको छ । जहाँ गत आर्थिक वर्ष २०७९/०८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँको निर्यात भएको थियो । भने, अहिले दुई चालू आर्थिक वर्षमा झन बढ्दै गएको देखिन्छ ।

    चालु आर्थिक बर्षको भदौमा मात्रै नेपालबाट २ लाख ७३ हजार ४९७ केजी ‘डग च्यु’ निर्यात भएको हो । जसबाट सरकारले  ५४ करोड ९८ लाख ८२ हजार रुपैयाँ भित्र्याएको छ ।

    एक महिनाको अवधीमा अमेरिकामा नेपालबाट सबैभन्दा धेरै ४७ करोड ८९ लाख ३ हजार रुपैयाँको कुकुरले मन पराउने आहारा ‘डग च्यु’ निर्यात भएको छ । यस्तै, क्यानडालाई ४ करोड २० लाख ७६ हजार रुपैयाँको निर्यात भएको छ । 

    यता युके ८२ लाख १० हजार, हङकङ ३५ लाख ८९ हजार, कोरिया ४५ लाख ७३ हजार, ताईवान ३७ लाख २१ हजार, चीन ३ लाख ६७ हजार, नेदरल्याण्ड्स २० लाख ८२ हजार, मलेसीया १२ लाख १३ हजार रुपैयाँ बराबरको  ‘डग च्यु’ निर्यात भएको तथ्याङ्कमा छ । 

    यस्तै, सिंगापूर १३ लाख ३२ हजार, फिलिपिन्समा ११ लाख, दुबई ९ लाख ७३ हजार, जापान ९ लाख थाइल्याण्ड ४ लाख ४६ हजार, न्युजल्याण्ड १ लाख ६३ हजा, फ्रान्सलाई १ लाख ९५ हजार र इटालीलाई ४० हजार रुपैयाँको ‘डग च्यु’ छुर्पी निर्यात गरेको छ ।

    ‘डग च्यु’ नामक कुकुर/बिरोलोको आहाराका रुपमा प्रयोग गरीने छुर्पी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा तथा पूर्वि पहाडी जिल्लाहरुमा उत्पादन गरिन्छ ।

    कुकुरको खानाका लागि नेपालबाट अन्य देशहरूमा छुर्पी सबैभन्दा धेरै निर्यात हुने गरेको छ । युरोप, अमेरिका, बेलायत, जापान लगायतका देशहरुमा छुर्पि कुकुरको दाना हो । पछिल्लो सयम नेपालमा छुर्पि बनाउने कम्पनीहरु खुल्ने क्रम बढ्दै गएकोले विदेशमा छुर्पि निर्यात गर्ने क्रम पनि क्रमशः बढ्दै गइरहेको छ । 

    गत आर्थिक बर्षमा साढे ३ अर्बको छुर्पी निर्यात

    गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि असारसम्ममा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ किलो छुर्पी नेपालले अन्य देशहरूमा निर्यात गरेको थियो । 

    कुकुरको खानाको लागि प्रयोग हुने छुर्पीको निर्यात बढेको विभागको तथ्यांक छ । नेपालले गत आर्थिक बर्षमा विभिन्न २७ देशहरूमा छुर्पी निर्यात गरेको हो । गत आवमा नेपालबाट अमेरिका, क्यानडा, हङकङ, जापान, बेलायत, दक्षिण कोरिया, सिंगापुर, चीन, नेदरल्याण्ड, ताइवान, मलेसिया, यूएई, थाइल्याण्ड, फिनल्याण्ड, ग्रीस, फिलिपिन्स, स्पेन, स्लोभाकिया, इटली, भियतनाम, ब्राजिल, पोल्याण्ड, बेलारुस, जर्मनी, पोर्चुगल, न्यूजिल्याण्ड र फ्रान्स गरि विभिन्न २७ देशहरूमा कुकुरको खानाको लागि छुर्पी निर्यात भएको थियो । 

    यस अवधिमा अमेरिकामा सबैभन्दा धेरै छुर्पी अमेरिकामा निर्यात भएको छ । अमेरिकामा गत आर्थिक बर्षमा २ अर्ब ९६ करोड ७६ लाख २६ हजार रुपैयाँ बराबरको १५ लाख २६ हजार ४४३ किलो छुर्पी निर्यात भएको छ । यस्तै, अमेरिकम पछि क्यानडा नेपाली छुर्पीको दोस्रो ठूलो बजार बनेको छ । 

    नेपालबाट गत आर्थिक बर्षमा क्यानडामा २९ करोड ४२ लाख ३५ हजार मूल्यको १ लाख ४४ हजार ५३२ किलो छुर्पी निर्यात भएको छ । तेस्रो स्थानमा रहेको हङकङमा नेपालले गत आर्थिक बर्षमा १ अर्ब २५ करोड २४ लाख बराबरको ५१ हजार ४७५ किलो छुर्पी निर्यात भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार