images
images

नेप्सेमा अप्पर लोहोरे खोलाको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

नेप्सेमा अप्पर लोहोरे खोलाको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • नेप्सेमा अप्पर लोहोरे खोलाको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज आइतबार अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ सूचिकृत भएको छ । 

    कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल युएलएचसी रहेको छ ।

    कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात सोमवार देखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसा ओपनिङ रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि देखि कारोबारमा आउनेछ ।

    कम्पनीले सर्वसाधारण ,वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्काशन गरेको २४ लाख ९८ हजार ४० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरेर कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

    साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथलीबाट हुने समेत कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार