images
images

सिटिजन्स बैंकको १७औँ वार्षिक साधारण सभा असोज २६ गते, के–के छन् प्रस्ताव ?

सिटिजन्स बैंकको १७औँ वार्षिक साधारण सभा असोज २६ गते, के–के छन् प्रस्ताव ?

शुक्रवार, असोज ५ २०८०
शुक्रवार, असोज ५ २०८०
  • सिटिजन्स बैंकको १७औँ वार्षिक साधारण सभा असोज २६ गते, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १७ औँ बार्षिक साधारण सभा असोज २६ गते गर्ने भएको छ । 

    images
    images

    बैंकको असोज ५ गते अर्थात आज शुक्रबार बसको सञ्चालक समितिको बैठकले निर्णय सभाको मिति तथा स्थान तय गरेको हो । सभा अमृृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । 

    सभामा बैंकका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२.९६ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने जस्ता विषयहरु साधारण सभाका प्रस्तावहरु रहेका छन् । 

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

    आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार