काठमाडौँ / बचतकर्ताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हालको समय सापेक्षलाई मध्यनजर गर्दै समृद्धि बचत धमाकाको योजना अघि ल्याएको छ ।
उक्त योजना अन्र्तगत ग्राहकहरूले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७५ महिना २० दिनमा दोबर, ११९ महिना २८ दिनमा तीन गुणा, १७५ महिना २१ दिनमा पाँच गुणा र २२७ महिनामा आठ गुणासम्म बढाउन सक्नेछन् ।
साथै रेमिट्यान्स् बचत धमाका योजना अन्तर्गत बचतकर्ताले आफ्नो बचतलाई ६९ महिना २३ दिनमा दोबर, ११० महिना १७ दिनमा तीन गुणा, १६१ महिना २९ दिनमा पाँच गुणा र २०९ महिना ८ दिनमा आठ गुणासम्मको उच्चतम प्रतिफल पाउन सक्नेछन् ।
त्यस्तै समृद्धि फाइनान्सले बचत तथा मुद्दती खातामा पनि उच्चतम ब्याजदर दिइरहेको छ । बचतमा १० प्रतिशत सम्म र मुद्दतीमा ११.७५ प्रतिशत सम्म ब्याजदर प्रदान गरिरहेको छ । संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस भनेर अधिकतम व्याजको योजना अघि सारेको बताएको छ ।
नेपाल राष्ट्र बैङ्कबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरू मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैङ्किङ्ग र मोवाइल बैङ्किङ्ग, डेविट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरू समेत प्रदान गरिरहेको छ ।