images
images

दुई म्युचुअल फण्डले थप इकाइहरु विक्रीको लागि बोर्डबाट पाए अनुमति, कम्पनी कुन–कुन ?

दुई म्युचुअल फण्डले थप इकाइहरु विक्रीको लागि बोर्डबाट पाए अनुमति, कम्पनी कुन–कुन ?

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • दुई म्युचुअल फण्डले थप इकाइहरु विक्रीको लागि बोर्डबाट पाए अनुमति, कम्पनी कुन–कुन ?

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सोबन) बाट दुई म्युचुअल फण्डले इकाइ निष्काशनका लागि अनुमति पाएका छन् । बोर्डले एनआईबिएल सहभागिता फण्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमलाई थप इकाइ बिक्रीको स्वीकृति प्रदान गरेको हो ।

    images
    images

    एनआईबिएल सहभागिता फण्ड’ एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना हो । यस योजनाको कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेण्ट मेगा बैंक र योजना व्यवस्थापकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

    यो योजनाले धितोपत्र बोर्डबाट थप १ अर्बको इकाइहरु बिक्रीको अनुमति पाएको छ। यो हिसाबले अब यस योजनाले १० रुपैयाँ अंकित दरका थप १० करोड इकाइ बिक्री गर्नेछ ।

    त्यसैगरी सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम धितोपत्र बोर्डबाट थप ५० करोड रुपैयाँबराबरको इकाइ बिक्री गर्ने अनुमति पाएको छ । अब यस योजनाले १० रुपैयाँ अंकित दरका थप ५ करोड इकाइ बिक्री गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार