images
images

आर्थिक कुटनीतिका लागि निजी क्षेत्रको छलफल : वैदेशिक लगानी र निर्यात प्रर्द्धनका लागि के गर्नुपर्ला ?

आर्थिक कुटनीतिका लागि निजी क्षेत्रको छलफल : वैदेशिक लगानी र निर्यात प्रर्द्धनका लागि के गर्नुपर्ला ?

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • आर्थिक कुटनीतिका लागि निजी क्षेत्रको छलफल : वैदेशिक लगानी र निर्यात प्रर्द्धनका लागि के गर्नुपर्ला ?

    काठमाडौँ / मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवद्र्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ । 

    images
    images

    नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कुटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य बिषयक छलफलमा वक्ताहरूले यस्तो धारणा राखेका हुन् । परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवद्र्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताए । विभिन्न मुलुकका लागि नेपालकोतर्फबाट नियुक्त राजदुतहरूले पनि निजी क्षेत्रसँगको सहकार्य गर्नुपर्ने उनको धारणा थियो । 

    नेपाल सरकार सुरक्षा परिषदका सल्लाहकार एवं पूर्व मुख्य तथा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरूले आप्mनो दायरा विस्तार गरि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए । 

    मुख्य सचिव वैकुण्ठ अर्यालले नवनियुक्त राजदूतहरूलाई शुभकामना दिँदै आर्थिक कुटनीति विस्तारका लागि वहुपक्षीय निकायहरूसँगको सहकार्य पनि आवश्यक रहेको बताए । यसैगरी निजी क्षेत्रले पनि वस्तु र बजार विविधिकरणमा ध्यान दिनुपर्ने बताए । 

    श्रम सचिव केवल भण्डारीले अब आर्थिक कुटनीतिलाई श्रम कुटनीति भन्नुपर्ने सुझाव दिए । अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कुटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने बताए । 

    वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार सङ्गठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको बताए । यसैगरी अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा थियो ।

    प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्युनिकरणमा पनि नियोगहरूको भूमिका महत्वपूर्ण रहने बताए । पर्यटन सचिव भरतमणी सुवेदीले नया खुलेका पोखरा र गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा नियोगहरूको भूमिका महत्त्वपूर्ण रहने बताए ।  संघीय मामिला सचिव विनोद सिंहले नवनियुक्त राजदूतहरूलाई शुभकामना दिए । 

    सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूुतहरूको उपस्थिति रहेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरूले सकारात्मक मात्र भएमा पनि निक्कै सहज अनुभव सुनाए । 

    “नियोगहरूले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ,” उनले भने । धेरै उदीयमान र बिकसित अर्थतन्त्रहरूमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धनका आधारमा राजदूतहरूको मुल्याङ्कन हुने गरेको पनि उनले बताए । यसका लागि महासंघ निरन्तर सहकार्य गर्न तयार रहेको बताए ।
    नवनियुक्त राजदूतहरूको तर्फबाट बोल्दै थाइल्याण्डका लागि नियुक्त राजदूत धनबहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य बिषयमा केन्द्रित भै सुझाव दिनुपर्ने बताए । 

    महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघ र नियोगहरूको निरन्तर सहकार्य रहने बताए । 

    सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्याण्डका लागि धन वहादुर वली, युएइका लागि तेज वहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र संघ नियोगका लागि लोकवहादुर थापालाई राजदूत नियुक्त गरेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार