images
images

एनसीएचएल र पञ्जीकरण विभागबिच सम्झौता : अब विद्युतीय माध्यमबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुने

एनसीएचएल र पञ्जीकरण विभागबिच सम्झौता : अब विद्युतीय माध्यमबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुने

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • एनसीएचएल र पञ्जीकरण विभागबिच सम्झौता : अब विद्युतीय माध्यमबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुने

    काठमाडौँ / अबदेखि विद्युतीय माध्यमबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सम्झौता भएसँगै अब विद्युतीय माध्यमबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुने भएको हो ।

    images
    images

    सम्झौताअनुसार एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी सामाजिक सुरक्षा कोषबाट भुक्तानी हुनेछ । सम्झौतामा विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरे ।

    हाल नेपाल सरकारको इलेक्ट्रोनिक फण्ड ट्रान्सफरको माध्यमबाट सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी वितरण गर्ने कार्यको थालनी भइसकेको छ । हाल विभागमा ३७ लाखभन्दा बढी लाभग्राहीहरु आबद्ध छन् । जसलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आइएको छ ।

    एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएकोमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् छ । यस्तै, पिएसपी÷पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । 

    मर्चेन्ट बैंकिङ्ग, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न एनपीएस अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार