images
images

नेपालमा एलपीजी ग्यासको मूल्य बढेको दिन भारतमा प्रति सिलिण्डर २ सयले घट्यो

नेपालमा एलपीजी ग्यासको मूल्य बढेको दिन भारतमा प्रति सिलिण्डर २ सयले घट्यो

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • नेपालमा एलपीजी ग्यासको मूल्य बढेको दिन भारतमा प्रति सिलिण्डर २ सयले घट्यो

    काठमाडौँ / भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्य प्रति सिलिण्डर २ सय भारु घटाएको छ । 

    images
    images

    बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए । 

    केहि दिनअघि मात्रै भारत सरकारले देशभरका घरपरिवारलाई राहत दिने उद्देश्यले केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रुपैयाँ कटौती गर्ने घोषणा गरेको थियो । जसअनुसार आजबाट लागु हुने गरि प्रति सिलिण्डर २ सय रुपैयाँले भारतमा ग्यासको मूलय घटेको छ । 

    यस्तै, अब दिल्लीमा भने १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपियाँ (करिव ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यो निर्णइले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी यपभोक्तालाई फाइदा हुने भारत सरकारले बताइएको छ । 

    अब दिल्लीमा १९ किलोको सिलिन्डरको मूल्य १ हजार ६८० भारतीय रुपियाँ बाट घटेर १ हजार ५२२ भारतीय रुपियाँमा झरेको छ । तर, घरेलु ग्यास सिलिन्डर (१४.२ केजी) को मूल्यमा कुनै परिवर्तन भएको छैन ।

    भारत सरकारले यसअघि अगस्ट २९ मा घरेलु ग्यास सिलिण्डर (१४.२ केजी)को मूल्य दुई सय भारतीय रुपियाँ घटाएको थियो ।

    नेपालमा राति १२ बजेदेखि लागु हुने गरी ट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढेको छ । नेपाल आयल निगमे सार्वजनिक गरेको सुचनाअनुसार पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँले बढेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार