images
images

राष्ट्रिय गौरवका आयोजनाको अवस्थाः १४ वटाको प्रगति ८० प्रतिशत, अन्य कुनको आयोजनाको प्रगती कति ?

राष्ट्रिय गौरवका आयोजनाको अवस्थाः १४ वटाको प्रगति ८० प्रतिशत, अन्य कुनको आयोजनाको प्रगती कति ?

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • राष्ट्रिय गौरवका आयोजनाको अवस्थाः १४ वटाको प्रगति ८० प्रतिशत, अन्य कुनको आयोजनाको प्रगती कति ?

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन्।

    images
    images

    मंगलवार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ऋषिकेश पोखरेलले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाबारे  जानकारी दिएका हुन्।

    उनले दुईवटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका, १४ वटाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र दुईवटाको प्रगति ५० प्रतिशत रहेको जानकारी गराए। उनले हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको बताए। पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भई समष्टिगत वित्तीय प्रगति ६५.७३ रहेको उनको भनाइ छ।

    त्यसैगरी लुम्बिनी विकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०.३४ प्रतिशत रहेको जानकारी दिए। प्रधानमन्त्रीका अनुसार निजगढ अन्तरराष्ट्रिय विमानस्थलको प्रारम्भिक चरणका काम मात्र भइरहेको र लगानी एवं निर्माणको उपयुक्त मोडालिटी भएपछि विमानस्थल निर्माण प्रक्रिया अघि बढाइनेछ। यो आयोजनाका लागि चालू आवमा ३५ करोड रुपैयाँ विनियोजन भएको उनले बताए। मेलम्ची खानेपानी आयोजनामा मनसुन रोकिएको डेढ महिनाभित्र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार गरी मेलम्चीको पानी वितरणलाई सुचारु गरिने जानकारी उनले गराए।

    उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गरिनुका साथै नियमित अनुगमन पनि भइरहेको छ। म स्वयंले प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट नियमित तवरमा कार्यतालिका बनाएर कार्यप्रगतिको जानकारी लिई कार्यसम्पादनका लागि आवश्यक निर्देशन दिँदै आएको छु।’

    उनले सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्न सरकारले जोड दिँदै आएको स्पष्ट पारे।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार