images
images

पहिलो महिनामा १ करोड बढिको अचार निर्यात, सबैभन्दा धेरै अस्ट्रेलियामा, कुन देशमा कति ?

पहिलो महिनामा १ करोड बढिको अचार निर्यात, सबैभन्दा धेरै अस्ट्रेलियामा, कुन देशमा कति ?

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • पहिलो महिनामा १ करोड बढिको अचार निर्यात, सबैभन्दा धेरै अस्ट्रेलियामा, कुन देशमा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउन महिनामा १ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको नेपाली अचार विभिन्न मूलुकहरूमा निर्यात भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेका वैदेशिक व्यापार तथ्याङ्कअनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा १२ हजार ९ सय ३ किलो अचार विभिन्न मूलुकमा निर्यात भएको हो । 

    गत आर्थिक बर्ष २०७९/८० को साउन महिनामा नेपालबाट २ करोड ४९ लाख ७० हजार रुपैयाँ बराबरको ४६ हजार २५ किलोे अचार विभिन्न मूलुकमा निर्यात भएको थियो । 

    तथ्याङ्क अनुसार साउनमा नेपालबाट विभिन्न चार मूलुकमा अचार निर्यात भएको छ । चालु आर्थिक बर्षमा अस्ट्रेलिया, बेल्जियम, क्यानडा र चीन गरी चार मूलुकमा १ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको नेपाली अचार निर्यात भएको हो । 

    सबैभन्दा धेरै अस्ट्रेलियामा 

    साउनमा नेपालबाट सबैभन्दा धेरै अचार अस्ट्रेलिया निर्यात भएको छ । तथ्याङ्क अनुसार अस्ट्रेलियामा ८८ लाख ६५ हजार रुपैयाँ बराबरको ९ हजार १ सय १३ किलो अचार निर्यात भएको हो । 

    यस्तै, गत आर्थिक बर्ष २०७९/८० को साउन महिनामा अस्ट्रेलियामा ९ लाख ७५ हजार रुपैयाँ बराबरको ८ सय ७८ किलो अचार निर्यात भएको थियो । गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा नेपालबाट ७८ लाख ९० हजार रुपैयाँ बढिको अचार अस्ट्रेलियामा निर्यात भएको छ । 

    सबैभन्दा कम चीनमा 

    साउनमा सबैभन्दा कम अचार चीनमा निर्यात भएको पाइएको छ । तथ्याङ्क अनुसार चीनमा १३ हजार रुपैयाँ बराबरको २० किलो नेपाली अचार निर्यात भएको छ । गत आर्थिक बर्षको साउन महिनामा भने नेपाली अचारको निर्यात चीनमा भएको छैन । 

    अन्य दुई देशमा कति ? 

    चालु आर्थिक बर्षको पहिलो महिनामा बेल्जियममा १९ लाख ४८ हजार रुपैयाँ बराबरको २ हजार ८ सय ९५ किलो र क्यानडामा ९ लाख ५१ हजार रुपैयाँ बराबरको ८ सय ७६ किलो नेपाली अचार निर्यात भएको छ । 

    गत १ बर्षमा करिब ११ करोडको अचार निर्यात 

    गत आर्थिक बर्ष २०७९/८० को साउनदेखि असारसम्म १० करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको थियो । गत आर्थिक वर्षको १ बर्षमा १ लाख ६० हजार ६७२ किलो अचार निर्यात भएको हो । 

    यस्तै, अघिल्लो आर्थिक बर्ष २०७८/७९ को असार मसान्तसम्म ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ बराबरको ५९ हजार ९८३ किलो अचार निर्यात भएको थियो । 

    गत आर्थिक वर्ष सबैभन्दा बढी अमेरिकामा ३ करोड ८८ लाख १९ हजार रुपैयाँ बराबरको ४६ हजार ६७१ किलो अचार निर्यात भएको थियो भने, सबैभन्दा बढी हंगकंग ४ लाख ८६ हजार रुपैयाँ बराबरको ४ सय ८० किलो अचार निर्यात भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार