images
images

कामना सेवा विकास बैङ्कद्वारा दिव्यज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण

कामना सेवा विकास बैङ्कद्वारा दिव्यज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • कामना सेवा विकास बैङ्कद्वारा दिव्यज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण

    काठमाडौँ / कामना सेवा विकास बैङ्क लिमिटेडले दिव्य ज्योति बहुमुखी क्याम्पसलाई २ थान एयर कन्डिस्नर हस्तान्तरण गरेको छ । बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दघाट, नवलपरासीस्थित त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त उक्त क्याम्पसलाई भदौ १० गते आइतबार आयोजित एक कार्यक्रममा एयर कन्डिस्नर हस्तान्तरण गरेको हो ।  

    images
    images

    उक्त एयर कन्डिस्नर सामुदाहिक विकास र शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको बैङ्कले जनाएको छ । बैङ्कका सञ्चालक भिम प्रसाद तुलाचनले दिव्य ज्योती बहुमुखी क्याम्पसका अध्यक्ष पुन्यप्रसाद पौडेललाई उक्त एयर कन्डिस्नर हस्तान्तरण गरेका थिए । 

    कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणी पाण्डे, बैङ्कका बुटवल क्षेत्रका क्षेत्रीय प्रवन्धक खिमलाल भुसाल तथा अन्य कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।

    यससँगै बैङ्कले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने बैङ्कले प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार