images
images

अम्रिसो निर्यातबाट १ महिनामा १२ करोड आम्दानी

अम्रिसो निर्यातबाट १ महिनामा १२ करोड आम्दानी

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • अम्रिसो निर्यातबाट १ महिनामा १२ करोड आम्दानी
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो महिना साउनमा १२ करोड रुपैयाँ बराबरकोको अम्रिसो मूलुकबाट निर्यात भएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार साउन महिनामा १२ करोड ७ लाख ७९ हजार रुपैयाँ बराबरको १० लाख ६ हजार ४९० किलोग्राम अम्रिसो मूलुकबाट निर्यात भएको हो । नेपालले उक्त मूल्य बराबरको अम्रिसो भारतमा मात्रै निर्यात गरेको छ ।

    तथ्याङ्क अनुसार यो निर्यात गत आर्थिक बर्ष २०७९/८० को साउन महिनाको तुलनामा बढी हो । गत वर्षको साउन महिनामा ५ करोड ५ लाख ४५ हजार रुपैयाँ बराबरको को १० लाख ११ हजार किलोग्राम अम्रिसो नेपालबाट अन्य मूलुकमा निर्यात भएको थियो ।

    भन्सार विभागको तथ्यांक हेर्दा चालू वर्ष र गत वर्षको साउन महिनामा १० लाख किलोग्राम अम्रिसो नै निर्यात भएको थियो । तर, यसबापत आउने मूल्य भने दोब्बरले बढेको देखिएको छ । नेपालबाट निर्यात हुने अम्रिसोको मूख्य गन्तव्य भारत हो ।

    ५ बर्षमा ३ अर्बको अम्रिसो निर्यात

    विभागका अनुसार पछिल्लो पाँच वर्षमा अम्रिसो निर्यातबाट तीन अर्ब ३३ करोड छ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको छ । गत आर्थिक बर्षमा एक अर्ब ८८ लाख रुपैयाँको अम्रिसो भारत निर्यात भएको छ । 

    विभागको विवरणानुसार अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा ६९ करोड ९८ लाख ६२ हजार रुपैयाँको अम्रिसो नियात भएको छ । त्यस्तै आर्थिक बर्ष २०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँको, आव २०७६/७७मा ५५ करोड ७४ लाख ७८ हजार रुपैयाँको तथा आव २०७५/७६ मा रु ४० करोड ५७ लाख ३९ हजार रुपैयाँको अम्रिसो मूलुकबाट निर्यात भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार