images
images

४५ वटा सामुदायिक विद्यालयहरु बिच हाजिरी जवाफ प्रतियोगिता हुँदै

४५ वटा सामुदायिक विद्यालयहरु बिच हाजिरी जवाफ प्रतियोगिता हुँदै

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • ४५ वटा सामुदायिक विद्यालयहरु बिच हाजिरी जवाफ प्रतियोगिता हुँदै

    काठमाडौं/  काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका ४५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८० आयोजना हुँदैछ । 

    images
    images


    लायन्स क्लब अफ काठमाडौं डाउन टाउनले आयोजना गर्न लागेको हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन लायन्स क्लब अफ तारकेश्वर डाउन टाउनले गर्ने भएको हो । 
    यही भदौ २६ गतेदेखि तारकेश्वर नगरपालिकाको हलमा प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक रामकृष्ण बिसीले जानकारी दिए । 

    प्रतियोगितामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर र सामाजिक क्रियाकलापमा उल्लेख्य सहभागिता रहने विश्वासले कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक विसीले जानकारी दिए । 

    प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित मेडल र प्रमाणपत्र वितरण गर्ने आयोजकले जनाएको छ ।


    क्लबले सामुदायिक विद्यालयका विद्यार्थीहरुको क्षमता वृद्धि गर्न समेत हाजिरी जवाफ प्रतियोगिताले ठुलो भूमिका खेल्ने विश्वास लिएको छ । 


    लायन्स क्लब अफ काठमाडौं डाउनटाउनले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । 
    यसपटक भने क्लबले विद्यार्थीको समसामयिक ज्ञानको दायरा बढाउन हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको हो । 


    क्लबले रुम टु रिड संस्थामार्फत कक्षा १ देखि १० सम्मका करिब १० हजार छात्राहरुलाई पोशाक वितरण गरेको छ । क्लबले स्वास्थ्य शिविर, खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, पोशाक वितरण जस्ता सामाजिक कार्यहरु गर्र्दै आइरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार