images
images

आज यी स्थानहरूमा हावाहुरी र बर्षाको सम्भावना, मङ्गलबार र बुधबारको मौसम कस्तो रहला ?

आज यी स्थानहरूमा हावाहुरी र बर्षाको सम्भावना, मङ्गलबार र बुधबारको मौसम कस्तो रहला ?

आइतवार, भदौ १० २०८०
आइतवार, भदौ १० २०८०
  • आज यी स्थानहरूमा हावाहुरी र बर्षाको सम्भावना, मङ्गलबार र बुधबारको मौसम कस्तो रहला ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

    images
    images

    हाल कोशी, मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।   

    आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    भोलि सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    मङ्गलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ। 

    साथै, गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार