images
images

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य छ : पारागन फुटवेयरका निर्देशक तोलाङ

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य छ : पारागन फुटवेयरका निर्देशक तोलाङ

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य छ :  पारागन फुटवेयरका निर्देशक तोलाङ

    नेपालमा स्वदेशी जुत्ता उद्योगमा अग्रणी स्थान बनाउन सफल पारागन फुटवेयर इण्डष्ट्रिज अर्थात पिजी सुजको स्थापना २०५५ सालमा भएको हो । कम्पनीका प्रबन्ध निर्देशक रामहरी तोलाङका अनुसार १५ देखि २० जोर जुत्ता उत्पादनबाट उत्पादन सुरु गरेको उद्योगका उत्पादन अहिले देशव्यापी भएको छ । उद्योगदेखि सोरुमसम्म करिब १०० जना प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ३५० बढी जनशक्तिलाई रोजगारी प्रदान गरिरहेको उद्योगले नेपालमा छालाका स्तरीय जुत्ता उत्पादन र बिक्री वितरण गर्दै आएको निर्देशक तोलाङको भनाइ छ ।

    images
    images

    असार १७ गते आइतबार स्थापनाको २५ वर्ष पुरा गरेर २६ वर्षमा प्रवेश गरेको अवसरमा निर्देशक तोलाङले अब नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने बताए । उनले भने, “आगामी दिनमा आयातित जुत्तालाई प्रतिस्थापन गर्दै निर्यातमा जाने लक्ष्य छ । ग्राहकले पनि विदेशी जुत्ता खोज्नै नपर्ने अवस्था ल्याउने गरी काम गरिरहेका छौँ ।”

    कम्पनीले स्पोर्टस्, स्कुलका जुत्ता, पार्टी वेयर, क्याजुअल र विभिन्न सङ्घसंस्थालाई आवश्यक सेक्युरिटी बुटहरू उत्पादन गर्दै आइरहेको छ । डाइरेक्टर तोलाङका अनुसार मुलुकले कच्चा पदार्थको नाउँमा ठूलो रकम विदेश पठाइरहेको छ । यो रकम रोक्न सके राज्यको पैसा जोगिने उनको तर्क छ ।

    pg1.JPG

    पारागन फुटवयर मुलुकको नमुना फुटवयर कम्पनीका रूपमा दर्ज हुँदै गएको छ । रिसाइकल उद्योग भए मुलुकलाई फाइदा हुने उनले बताए । फुटवयर क्षेत्रमा उनले दिए सुधारका ५ मन्त्र :-

    फुटवेयर उत्पादन थोरै पुँजीबाट पनि सुरु गर्न सकिने 

    फुटवेयर उद्योग थोरै पुँजिबाट पनि सुरु गर्न सकिन्छ । उद्योगका लागि भेराइटी र कच्चापदार्थको प्रयोग अनुसार लगानीको आवश्यकता पर्दछ । पिजी सुज उद्योग २५ बर्षअघि ६/७ लाख रुपैयाँबाट सुरु भएको थियो । हाल यसको लगानी करिब करोड रुपैयाँ पुगेको छ । सुरुवाती चरणमा १०–११ जना मानिसले दैनिक ५०/६० जोर जुत्ता उत्पादन गर्थे । अहिले आज कम्पनीले दैनिक सयजोर जुत्ता उत्पादन गरिरहेको छ । 

    बजार : चोरी निकासी नियन्त्रण नहुँदा प्रतिस्पर्धा गर्न कठिन 

    जुत्ता चप्पलको माग निकै राम्रो छ । समयसँगै गुणस्तर र बजारको मागलाई ध्यान दिएका छौं । फुटवेयर क्षेत्रमा सम्भावना बलियो छ । निर्यात गर्न सके विदेशी मुद्रासमेत आर्जन गर्न सकिन्छ । मुलुकभित्र उपलब्ध स्रोत–साधनको उपयोग गर्न सके अर्थतन्त्र बलियो बनाउन सहयोग पुग्ने देखिन्छ । 

    नेपाली श्रम, सीप र कच्चापदार्थबाट नेपालमै उत्पादित सामग्रीको निकासी प्रवद्र्धन गर्न सकेमात्र मुलुकले बेहोरिरहेको चुलिँदो व्यापार घाटा सन्तुलन गर्न सकिन्छ । 

    चोरी निकासीमार्फत आउने जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न कठिन छ । खुल्ला सिमानामार्फत चोरी निकासी भएर आउने जुत्ता चप्पल नियन्त्रण गर्न सके नेपाली उत्पादकहरू पलायन हुनुपर्ने अवस्था छैन । 

    नेपालमा रिसाइकलिङ उद्योगको आवश्यकता 

    जुत्ता चप्पल उद्योग धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रमध्ये एक हो । सरकारको सहयोग प्राप्त भएमा, कच्चा पदार्थ पर्याप्त मात्रामा उपलब्ध भए नेपाल जुत्ता चप्पल उत्पादनमा आत्मनिर्भर बन्न सक्छ । जुत्ता–चप्पलको सोलदेखि लेदरसम्म बाहिरबाटै ल्याउनुपर्छ । नेपाली बजारमा कच्चापदार्थ बजारमा पाईँदैन । छालाको अभाव छ । 

    कच्चापदार्थमा बाहिरिन्छ ठुलो रकम 

    मुलुकमा कच्चापदार्थमा ठुलो रकम विदेशिन्छ । सोल उत्पादन गर्नका लागि सीमित कम्पनीहरू सञ्चालित छन् । त्यसैले यसको लागि पनि ठुलो रकम बाहिरिन्छ । नेपालमै उत्पादन हुनसक्ने कच्चापदार्थहरू यही उत्पादन गर्न आवश्यक छ । रिसाइकलिङ हुने उद्योगहरू भए सहुलियत दरमा जुत्ता उत्पादन गर्न सकिन्थ्यो ।

    pg.JPG

    धेरै कच्चा पदार्थहरूलाई रिसाइकल गरेर पुनः प्रयोग गर्न सकिन्थ्यो । उत्पादनमा पनि वृद्धि हुन्थ्यो । स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन सरकारले पनि स्वदेशी उत्पादनमा जोड दिनुपर्छ । फुटवेयर उद्योगमार्फत रोजगारी एवं उद्यमशीलताका नयाँ अवसर सिर्जना गरी पुँजी एवम् प्रतिभाको पलायनसमेत रोक्न सकिन्छ ।

    पारागन फुटवेयर : ५/७ लाखबाट करोडको कम्पनी

    पिजी सुज अर्थात पारागन फुटवेयर २०५५ सालदेखि सुरु गरिएको हो । कम्पनीले स्पोर्टस्, स्कुलका जुत्ता, पार्टी वेयर, क्याजुअल र विभिन्न सङ्घसंस्थालाई आवश्यक सेक्युरिटी बुटहरू उत्पादन गर्दै आइरहेको छ । 

    बजारमा फेसेनेवेल (पार्टी सुज)को माग बढी भएकोले यस्ता जुत्ताहरूको उत्पादनमा जोड दिइरहेका छौँ । बजारको माग अनुसार उत्पादन परिमार्जन गर्दै बजारमा नयाँ उत्पादन ल्याउने र भएकाहरूलाई सुधार गर्ने प्रयास गरिरहेका छौं । आधुनिक समाजमा बदलिदो फेसनलाई पछ्याउँदै गुणस्तरिय उत्पादन दिनु पारागन फुटवयरको उद्देश्य हो । ठाउँ अर्थात भूगोल अनुसार पनि जुत्ताको माग फरक हुने मेरो अनुभव छ । काठमाडौँमा जुत्ताको प्रयोग बढी हुन्छ भने तराईमा चप्पल÷सिल्पर । त्यसैले सिल्पर उत्पादनमा पनि जोड दिइरहेका छौँ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार