images
images

घरजग्गाको कारोबारमा कर्जा सहजीकरणका लागि महासङ्घको आग्रह

घरजग्गाको कारोबारमा कर्जा सहजीकरणका लागि महासङ्घको आग्रह

बिहिवार, भदौ ७ २०८०
बिहिवार, भदौ ७ २०८०
  • घरजग्गाको कारोबारमा कर्जा सहजीकरणका लागि महासङ्घको आग्रह

    काठमाडौँ / नेपाल जग्गा तथा आवास विकास महासङ्घले नेपाल बैङ्कर्स संघ (एनबीए)सँग कर्जा सहजीकरणका लागि आग्रह गरेको छ । सरकारले घरजग्गाको कारोबारमा लचिलो नीति लिएको अवस्थामा कर्जा सहकीकरण गर्नका लागि महासङ्घले एनबिएसँग आग्रह गरेको हो । 

    images
    images

    महासंघका अध्यक्ष भेषराज लोहनीको नेतृत्वको टोलीले एनबीए अध्यक्ष सुनिल केसीसहितका बैङ्करहरूसँग छलफल गरेको हो । 

    महासङ्घ र एनबिएबिच घरजग्गा धितो राखेर पाइने ऋणको अनुपात बढाउने, फेयर मार्केट भ्यालु निकाल्न एउटै सुत्र बनाउने, बैङ्कहरूले आधार दरमा धेरै मार्जिन राख्न नहुनेलगायतका विषयमा छलफल भएको हासङ्घका महासचिव विष्णुप्रसाद घिमिरेले जानकारी दिए। 

    घर–जग्गाको कारोबारलाई प्रोत्साहन गर्न आग्रह गरेको महासङ्घका महासचिव मिरेले उल्लेख गरे । 

    लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याउन बैंकर र व्यवसायी मिलेर साझा एजेण्डा बनाई राष्ट्र बैंकसँग आवश्यक छलफल गर्ने समझदारी समेत बनेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार