images
images

सुदुरपश्चिमको विकास भए मात्रै देशको विकास हुन्छ : राजेन्द्र मल्ल

सुदुरपश्चिमको विकास भए मात्रै देशको विकास हुन्छ : राजेन्द्र मल्ल

बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • सुदुरपश्चिमको विकास भए मात्रै देशको विकास हुन्छ : राजेन्द्र मल्ल
    images
    images

    नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सुदुरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । 

    सुदुरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निर्वतमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत विकासमार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताए । 

    मल्लले भने, “राजनीतिक दृष्टिकोणले सुदुरपश्चिम प्रदेश संधै केन्द्रमा छ । प्रदेशमा भएको प्राकृतिक श्रोत, कृषि, सांस्कृति रहनसहनलाई प्रर्वद्धन गर्न  हामी व्यवसायीको पनि महत्वपुर्ण योगदान रहिआएको छ ।”

    प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशले विकासमा अपेक्षित फड्को मार्न नसकेको उनको भनाइ छ । सुदुरपश्चिम प्रदेशमा रहेको कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

    सुदुरपश्चिमका जिल्लाहरूबाट सामान्य मजदुरीका लागि समेत भारत जानुपर्ने बाध्यतालाई तत्काल हटाउने गरी औद्योगिक वातावरण बनाउनुपर्ने उनको भनाई छ । चेम्बरका उपाध्यक्ष सन्तोष पाण्डेले सुदुरपश्चिमको स्थानीय कृषि उपजहरूको बजारीकरण गर्नुपर्ने बताए । 

    सुदुरपश्चिम प्रदेश अन्तरर्गतका जिल्लाहरूमा उत्पादन हुने बस्तुहरूको व्यवासायिक खेती मार्फत उत्पादन वृद्धि गर्नुपर्ने र अन्य प्रदेशका मुख्य मुख्य शहरहरूमा बजारीकरण गर्नुपर्नेमा उपाध्यक्ष पाण्डेले जोड दिए । 

    प्रदेशका विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानी आर्कषित गर्नका लागि चेम्बर अफ कमर्सले पनि सहजीकरण गर्ने उनको भनाई छ । 

    सुदुरपश्चिम प्रदेशमा उत्पादन वृद्धि रोजगारी सिर्जना गर्न लगानीको वातावरण र नीतिगत स्थिरताको आवश्यता रहेको उपाध्यक्ष पाण्डेको भनाई छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार