काठमाडौँ / स्थानीय बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनमा भारी बृद्धि हुँदा प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको हो ।
बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।
यता, चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । आज चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।