images
images

मोटरसाइकल चोर्ने ४ जना ट्राफिक प्रहरीको फन्दामा

मोटरसाइकल चोर्ने ४ जना ट्राफिक प्रहरीको फन्दामा

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • मोटरसाइकल चोर्ने ४ जना ट्राफिक प्रहरीको फन्दामा
    images
    images

    काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका ५ घर भई काठमाडौँको चुच्चेपाटी बस्ने २८ वर्षीय चन्द्र तामाङ, सोही स्थान घर भई हाल ललितपुर बस्ने २० वर्षीय ओम बहादुर तामाङ, सिन्धुलीको मरिण गाउँपालिका ७ घर भई हाल भक्तपुरको बोडे बस्ने २३ वर्षीय विजय माझी र सिन्धुलीको दुधौली नगरपालिका ९ घर भई काठमाडौँको गौशाला बस्ने २९ वर्षीय समल तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    नियन्त्रणमा आएका चारैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ । 

    बागमती प्रदेश ०२-०३७ प ७७ ७१ नम्बरको मोटरसाइकल भक्तपुरको लोकन्थलीबाट हराएको भनि मनोज मानन्धरले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

    सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०४२ प ६८ १७ नम्बरको मोटरसाइकल काठमाडौँको काठमाडौँ महानगरपालिका ६ महांकालमा चन्द्रले चलाउँदै गरेको अवस्थामा ट्राफिक प्रहरीले आज फेला पारेको थियो । 

    चन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल ओम बहादुरबाट लिएको खुल्न आए पश्‍चात् काठमाडौंको बौद्ध पिपलबोटबाट ओम बहादुरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    अनुसन्धानकै क्रममा ओम बहादुरले समेत उक्त मोटरसाइकल विजय र समलबाट लिएको भन्ने खुल्न आएपछि खोजी गर्दै जाँदा काठमाडौँको मुलपानीबाट दुबैजनालाई आजै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । 

    यस कार्यमा संलग्न अन्य व्यक्तिको खोजि तथा थप अनुसन्धान कार्य जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिए । 

    आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता चतुर्वेदीले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । 

    हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम सजग भइ सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ । 

    सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपालप्रहरीको हटलाईन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार