आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो ।दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
खीरको महत्त्व यति विशाल हुँदाहुँदै पनि साउन १५ लाई किन छुट्याइयो ? साउन १५ मै खीर खानुपर्छ भन्ने चलनचाहिँ कसरी र कहिलेदेखि चल्यो होला ?
वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
कृषिप्रधान नेपाली समाज । असार साउन महिनाभरि खेतीपातीमा व्यस्त हुने जनजीवन । वर्षाका कारण खेतबारी वनजंगल जताततै हरियाली हुने महिना, साउन । प्रशस्त घाँस हुने भएकाले गाईभैँसीले प्रशस्त दूध दिन्छन् । प्रशस्त दूध भएपछि उपयोग त गर्नैपर्यो । अझ यस वेला यत्रतत्र चरेर जडिबुटी खाएका गाईबस्तुका दूध अधिक गुणयुक्त हुन्छन् ।
असारभरि र साउनको आधाआधीसम्म खेतबारीमा खट्दा लागेको चिसो भगाउन पनि खीर खाने चलन चलाइएको हुनसक्छ । या भनौँ साउन १५ सम्म आइपुग्दा वर्खे खेतीपाती लगाउने काम लगभग सकिएको हुन्छ । खेतीपाती लगाइसकिएको खुसीयालीमा किसानले खीर खाएर यसलाई पर्वमा रुपमा मनाउने गरेको पनि भनिन्छ ।
नेपाली संस्कृतिमा गाईलाई लक्ष्मीको रूप मानिन्छ । स्थानीय गाईका दूधलाई पवित्र मानिन्छ । देवतादेखि पितृसम्मको मनपर्ने वस्तु मानिन्छ दूध । यो नचढाई कुनै पनि देवकार्य पितृकार्य सम्पन्न हुँदैनन् । साउनमा रुद्री लगाउने चलन छ । रुद्री गर्दा गाईको दूधद्वारा भगवान् शिवलाई अभिषेक गरिन्छ । पहाडी क्षेत्रमा साउनमा पितृलाई चढाउने, शिवलाई अभिषेक गाराउने र सोही दिन ब्राह्मणलाई खीर खुवाउने चलन अझै पनि छ ।
साउनमा जताततै हरियाली हुने, हरियो खान पाउने भएकाले गाई, भैँसीले धेरै दूध दिने भएकाले पनि त्यसको खुसीमा यस महिनाको मध्यमा खीर खाने प्रचलन चलिआएको मानिन्छ ।
पूर्वीय परम्परामा दूधलाई अति उत्तम र शुद्ध पौष्टिक आहारका रुपमा लिइन्छ । दूधमा पकाएको खीरलाई देवकार्य तथा, पित्रीकार्यका लागि उपयुक्त मानिन्छ । त्यस्ता कार्यमा प्राय खीर पकाउने प्रचलन छ । आफूले लगाएका खेतीपाती राम्रो होस्, झरी, वर्षाका कारण रोगब्याधी नलागोस्, बाढी पहिरो नआओस् भन्ने कामनाका लागि खीर बनाएर देव, देवतालाई चढाउने र खाने प्रचलन बसेको पनि भन्ने गरिएको छ।
खीरमा विभिन्न मसलाहरु राखिन्छ । मरिच, ल्वाङ, अलैँची, सुकुमेल, तेजपत्ता, नरिवल जस्ता थुप्रै मसला राखेर पकाइने खीरले साउने झरीमा भिजेर लागेको चिसो काट्छ त्यहि भएर खीर खाने प्रचलन बसेको भन्ने कथनहरू पनि पाइन्छन्।
साउन १५ मै खीर खानुको कुनै खास कारण भन्दा पनि यो कृषि तथा पशुपालनसँग जोडिएको र पुस्तौदेखि चलिआएकाले त्यसलाई अनुसरण गरिएको देखिन्छ । चिकित्सकहरूका अनुसार दूध मानव शरीरका लागि सर्वोत्तम भोजन हो । यसमा आइरन बाहेकका सबै पौष्टिक तत्त्व पाइन्छन् । यसबाट बनेका जुनसुकै परिकार पनि मात्रा मिलाएर खाए स्वास्थ्यलाई फाइदाजनक छन् । त्यसैले होला व्रत बस्दा पनि दूध खाने चलन छ ।
यस्ता छन् खिर खानुको फाइदाहरू
खीर पौष्टिक तत्वहरु धेरै भएको खाना हो । विभिन्न किसिमका अन्नहरु मिसाएर बनाइएको खीरमा दुध, चिनि, काजु, नलिवल, किसमिस,दालचिनी, लगायतका सामाग्रीहरु राखेर खिर बनाइन्छ ।
– खीर बच्चा, वृद्ध सबैलाई उपयुक्त खानेकुरा हो।
–खीरमा मिसाइने चामलमा कार्बोहाइड्रे पाइन्छ । जसले शरीरलाई शक्ति प्रदान गर्छ ।
– दूधमा बनाइने खीरमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ,
– भिटामीन ए प्राप्त हुन्छ ।
– शरीरमा चिल्लो पदार्थको मात्रा परिपूर्ती हुन्छ,
–खीरमा मिसाइने विभिन्न किसिमका पदार्थहरुबाट खनिज, भिटामिन पाइन्छ,
– तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन। ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान उपयुक्त हुन्छ।
– पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ।
– चामलमा कार्बोहाड्रेट पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो।
– चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ।
– गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं।
– खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ।
– खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ।
– खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ। बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन्।
नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।
नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ।
यस्तो छ खिर खानुको पैराणिक कारणः
दूधमा मरमसला लगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको छ ।
साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दुध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले विधिपूर्वक चढाइन्छ । यसैले साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् बताउछन् । यद्यपि यसको कुनै शास्त्रीय वचन भने छैन ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।
यस वर्ष साउन १५ गतेका दिन श्रावण शुक्ल एकादशी परेकाले चामलको खीर नखानेले साबुदानाको खीर बनाएर खान्छन् । आजको एकादशीलाई पुत्रदा एकादशीका रूपमा मनाइन्छ । एकादशी व्रत गर्नेले चामलबाट बनेका परिकार खाँदैनन् ।
साबुदानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ ।
खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोषले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।