काठमाडौँ / राइटपाथ करियर काउन्सिलिङले ललितपुरको कुमारीपाटीमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ गर्ने भएको छ ।
देशका विभिन्न स्थानहरूमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ सम्पन्न गरिसकेको शैक्षिक परामर्शदाता संस्था राइटपाथले मंगलवार कुमारीपाटी स्थित आफ्नै कार्यालयमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्न लागेको हो ।
उक्त कन्क्लेभमा विद्यार्थीले २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर आफ्ना जिज्ञासाहरू मेटाउन सक्नेछन् ।
युनिभर्सिटीका प्रतिनिधिबाटै विश्वविद्यालयका बारेमा सत्य तथ्य जानकारी पाउने राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले बताए । यस्ता एजुकेसन कन्क्लेभहरूले विद्यार्थीहरूको हौसला बढ्ने उनको भनाई छ ।
राइटपाथले उक्त कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ ।
सीईओ डिसीका अनुसार कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर राखिएको छ भने फ्री मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ ।
उनले यूएस लक्षित अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपियाँमै गर्ने अफर ल्याएको पनि बताए ।
ग्राण्ड एजुकेसन कन्क्लेभमा वरिष्ठ गायिका अन्जु पन्त र मिस नेपाल २०१६ की विजेता तथा राइटपाथकी ब्राण्ड एम्बेस्टर अस्मी श्रेष्ठ पनि सहभागी हुनेछन् ।
गायिका पन्त र श्रेष्ठ यसअघिका कन्लेभमा सहभागी भई प्रत्यक्षरुपमा विद्यार्थीहरूलाई हौसला समेत प्रदान गरेका थिए ।
यसअघि काठमाडौँ, धनकुटा, हेटौँडा, चितवन, बुटवल र दाङमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भइसकेको छ ।
वैशाख २९ गते काठमाडौंबाट सुरु भएको ग्रान्ड एजुकेसन कन्क्लेभमा करिब ६ हजारभन्दा बढी अभिभावक तथा विद्यार्थीहरूले सहभागी जनाइसकेका समेत डिसीले जानकारी दिए ।
राइटपाथले वैशाख २९ गते पुतलीसडक स्थित मुख्य कार्यालयमा सहभागी हुन नसकेका अभिभावक तथा विद्यार्थीहरूका लागि कुमारीपाटीमा उक्त एजुकेसन कन्क्लेभ गर्न लागेको हो ।
विद्यार्थीहरूले भोली हुन गइरहेको एजुकेसन कन्क्लेभमा सहभागी भई वैदेशिक शिक्षाको लागि परामर्श लिन सक्नेछन् ।