काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । सोमबार पनि आइतबारकै मूल्यमा अमेरिकी डलर खरिद बिक्री गर्न सकिनेछ । आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
युरोपियन युरोको भाउ भने आज सामान्य बढेको छ । यसअघि एकको खरिद मूल्य १४४ रुपैयाँ ५० पैसा र बिक्री मूल्य १४५ रुपैयाँ १६ पैसा तोकिएको युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ५७ पैसा र बिक्रीमा १४५ रुपैयाँ २३ पैसा पर्नेछ ।
त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६९ रुपैयाँ ९४ पैसा र बिक्रीमा १७० रुपैयाँ ७२ पैसा पर्नेछ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६० पैसा बिक्री दर ८७ रुपैयाँ ९९ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९ रुपैयाँ ३ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४० पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४६ पैसा पर्नेछ ।
विस्तृत तालिकामा हेर्नुस्