काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८५ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ३३ पैसा पर्नेछ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४२ पैसा र बिक्री दर ९७ रुपैयाँ ८६ पैसा, जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।
यसैगरी, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
युएई दिरहम एकको खरिद दर ३६ रुपैयाँ ०३ पैसा र बिक्री दर ३६ रुपैयाँ २० पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २७ रुपैयाँ ९५ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ०८ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४३० रुपैयाँ १२ पैसा र बिक्री मूल्य ४३२ रुपैयाँ ०७ पैसा र बहराइन दिनार एकको खरिदमा ३५१ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ६४ पैसा पर्नेछ ।
विस्तृत तालिकामा हेर्नुस्