तपाई बिजनेस इमेल लिदै हुनुहुन्छ ? आफ्नो कार्यलय तथा संस्थाको नाउँमा बिजनेस इमेल चलाउन खोज्दै हुनुहन्छ भने Thulo.Com ले बिजनेस इमेल प्रतिमहिना एकसय रुपैयाँ मात्रै लिने गरी प्याकेजहरु सार्वजनिक गरेको छ ।
अन्य अफरहरु मध्ये ई–कमर्स वेबसाइट नौ हजार नौं सय उनान्सय रुपैयाँमा लगायत अरु धेरै रोचक अफरहरु पनि ल्याएको कम्पनीले जनाएको छ ।
नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनीहरु मध्ये परिचित कम्पनी Thulo.Com सन् २००५ देखि बजारमा सेवा प्रवाह गरिरहेको छ । विभिन्न उद्योग व्यवसाय, सेवमुलक क्षेत्र तथा कर्पोरेड क्षेत्रमा यस कम्पनीले आफ्नो पँहुच विस्तार गर्दै आइरहेको छ ।
यस बर्षको माघ २५ देखि लागिरहेको CAN Infotech मेलामा कम्पनीले उक्त अफरहरु सार्वजनिक गरेको हो । उक्त मेला आज सकिदैछ तर, पनि उक्त अफरहरु अझै केही दिन चलिरहने कम्पनीले जनाएको छ । बिजनेस डिजीटाईजेसनको लागि धेरै अफरहरु कम्पनीसँग छ ।
जस्तै बिजनेस इमेल रु १०० प्रति महिनाबाट, ई–कमर्स वेबसाइट रु ९,९९९ मा, वेबसाइट डिजाइन रु २,९९९ रुपैयाँमा, क्लाउड होस्टिङ रु २४९ रुपैयाँबाट र बिजनेस होस्टिङ रु ४९९ रुपैयाँ लगायत पर्नेछ ।
साथै कम्पनीले वोर्क्प्लेस नामक क्लाउड सफ्टवेर पनि सार्बजनिक गरेको छ।
जसमा सानोदेखि ठुलो व्यवसायले आफ्नो मार्केटिंग, सेल्स, ग्राहक सेवा, व्यवसाय संचालन, वेबसाइट, ई–कमर्स, मानव संसाधन, एकाउण्ट, प्रशासन र रिपोर्टिङ सम्बन्धित क्रियाकलाब सजिलै गर्न सकिनेछ ।
यस्तै विविध कार्यहरु गर्न मिल्ने क्लाउड सफ्टवेर नेपालमा पहिलो पटक बनेको कम्पनीको दावी छ । यो प्रयोग गर्ने व्यवसायहरुलाई बिशेसगरी डाटा व्यवस्थापन र छिटो तथा प्रभावकारी निर्णयहरु लिन यस क्लाउड सफ्टवेरले सहज बनाउने कम्पनीले भनेको छ ।
यसैगरी पर्यटन क्षेत्रका व्यवसायीहरुका लागि पनि Thulo.Com ले बुकिङ इन्जिनसहितको वेबसाइट सुबिधा दिदै आएको छ र CAN Infotech मा आफ्नो सम्पूर्ण सेवाहरुमा २० प्रतिशत छुट पनि प्रदान गरिरहेको जनाएको छ ।
Thulo.Com एउटा सूचना प्रबिधिमा आधारित कम्पनी हो, जसको सेवाहरुले सन २००५ देखि व्यवसायहरुलाई प्रविधि, बजार र प्राविधिक ज्ञानको पहुँच गराउँदै आएको छ।