images
images

अफलाइन प्रयोग गर्न सकिने डिजिटल ठेगाना प्रणाली ‘कताहो’, कसरी प्रयोग गर्न सकिन्छ ?

अफलाइन प्रयोग गर्न सकिने डिजिटल ठेगाना प्रणाली ‘कताहो’, कसरी प्रयोग गर्न सकिन्छ ?

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • अफलाइन प्रयोग गर्न सकिने डिजिटल ठेगाना प्रणाली ‘कताहो’, कसरी प्रयोग गर्न सकिन्छ ?
    images
    images

    काठमाडौँ / नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमै तयार गर्न सकिने र कुनै पनि ठाउँको नाम नदोहोरिने बहुउपयोगी डिजिटल ठेगाना प्रणाली विकास भएको छ।

     देशको सम्पूर्ण भूभागलाई एक अर्ब २ करोड हाराहारी प्लट (टुका)मा विभाजन गरी हरेक प्लट (टुका)का लागि शब्द र अङ्क मिलाएर एउटा युनिक नाम दिइएको यो प्रणालीको सहायताले जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ । 

    यो नक्शा होइन, बरु जुनसुकै नक्शामा पनि प्रयोग हुने अपरिहार्य पूर्वाधार हो। अझ यसको मुख्य विशेषता भनेको यी ठेगाना बनाउन र पत्ता लगाउन इन्टरनेटको प्रयोग गर्नु पर्दैन, अफलाइन नै यसलाई प्रयोग गर्न सकिन्छ । यसको प्रमुख कार्य जोसुकैले पनि आफ्नो घरको ठेगाना प्लेट बनाउन सक्नु र बनाएर आफैँ टाँस्न पनि सक्नु हो ।

    जसमा कताहो कोड, गुगलको प्लस कोड, घन्टी बजाउने क्यू आर कोड (भविष्यमा धेरै सेवाहरु प्रदान गर्न सकिने) आफ्नो निवासको नाम आफैँ राख्न सकिने, पहिला भइरहेको ठेगानासमेत जोड्न सकिन्छ । जसले गर्दा घर नम्बर प्लेटमा एकरूपता दिन सकिन्छ भने प्लेटको स्वामित्व प्रयोगकर्तालाई नै दिइने भएकोले जहिले पनि आफ्नो प्लेट अध्यावधिक राख्न मद्दत गर्दछ ।

    पाँच वर्षको अनुसन्धानपछि विकास भएको मोबाइल एप र वेबमा आधारित ‘कताहो’ नामको ठेगाना प्रणालीमा नेपाल सरकार, सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर समावेश गर्न सकिन्छ ।

    त्यस्तै, सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका परका नम्बर समेत यो डिजिटल ठेगाना प्रणालीमा राख सकिन्छ । यो प्रणालीको लक्ष्य दूरदराजमा रहेका पालिकाका पर, गोठ, टहरा, सीमाचिह्न (Landmark), प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको नम्बर तयार गर्नु रहेको छ।

    घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन सकिने अत्याधुनिक नम्बर प्लेट प्रणाली ‘कता हो’ यसै वर्षको सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेक २०२४ को पहिलो दिन २०८० माघ २५ गते विधिवत् उद्‌घाटन हुँदैछ । 

    दुई दशकभन्दा बढी समयदेखि नेपालमा उपयोगी प्रविधिको अनुसन्धान र विकास गरिरहेको रामलक्ष्मण ग्रुपअन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रा.लि.ले यो प्रणाली विकास गरेको हो। यो प्रणाली सर्वसाधारण, पालिका, हरेक तह‌का सरकार, संघ सस्था लगायत हरेकका लागि बहुउपयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।

    ‘कता हो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी आफूलाई मन परेको मेटेरियलमा (फलामको पाता, आल्मुनियम पाता, मेटल इचिंंग, इन्ग्रेभिङ्ग आदि) नजिकको प्रिन्टिंग सेवा प्रदान गर्ने सेवा प्रदायकबाट प्रिन्ट गराउन सक्छन् । 

    यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुन्छ । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ। उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पुर्याउन एकदमै उपयोगी र प्रभावकारी रहने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार