images
images

नेपालीको महँगो स्मार्ट फोन मोह, ५ महिनामा साढे १३ अर्बको मोबाइल आयात

नेपालीको महँगो स्मार्ट फोन मोह, ५ महिनामा साढे १३ अर्बको मोबाइल आयात

मंगलवार, पुस १० २०८०
मंगलवार, पुस १० २०८०
  • नेपालीको महँगो स्मार्ट फोन मोह, ५ महिनामा साढे १३ अर्बको मोबाइल आयात
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिना (साउन–मंसिर) मा करिब साढे १३ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ५ महिनाको अवधिमा १३ अर्ब ५९ करोड ९५ लाख ६१ हजार रुपैयाँ बराबरको मोबाइल आयात भएको हो । 

    ५ महिनामा ९ लाख २ हजार ९ सय ८१ युनिट स्मार्ट फोन नेपाल आयात भएको छ । गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा कुल ११ अर्ब २० करोड ८० लाख ९६ हजार रुपैयाँ बराबरको ८ लाख ३ हजार ८१८ युनिट स्मार्ट फोन नेपाल भित्रिएको थियो। 

    सरकारले स्मार्ट फोन आयातबाट २ अर्ब ५३ करोड २० लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। नेपालमा ४८ मुलुकबाट स्मार्ट फोन आयात हुने गरेको छ। 

    सबैभन्दा धेरै चीनबाट ९ अर्ब ४८ करोड १२ लाख ९६ हजार रुपैयाँ बराबरको ६ लाख ५७ हजार १ सय ८८ युनिट स्मार्ट फोन आयात भएको तथ्यांक विभागसँग छ।

    सरकारले स्मार्ट फोन आयातबाट २ अर्ब ५३ करोड २० लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

    यस्तै, भारतबाट ३ अर्ब ९० करोड ७९ लाख ८४ हजार रुपैयाँ बराबरको २ लाख ४३ हजार २९५ युनिट स्मार्ट फोन आयात भएको छ।

    बाँकी ४६ मुलुकबाट २१ करोड २ लाख ८१ हजार रुपैयाँ बराबरको २ हजार ४९८ युनिट स्मार्ट फोन आयात भएको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार