images
images

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ ।

    images
    images

    तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट बैंकिङ करियर प्रारम्भ गरेका अर्याल ३२ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न छन् । उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव छ ।

    त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनले स्वदेश तथा विदेशमा गरी थुप्रै बैंकिङसम्बन्धी विशेष प्रशिक्षण लिएका छन् । अर्यालसँग लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव छ ।

    यसअघि बैंकको स्वतन्त्र सञ्चालकमा पूर्वसचिवद्वय बालकृष्ण प्रसाईं र अवनिन्द्र श्रेष्ठ तथा प्रतिष्ठित वाणिज्य बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ र अनिल ज्ञवालीले समेत योगदान गरेका थिए । अर्यालको नियुक्तिले सुशासन र बैंकिङ जग थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

    सिटिजन्स बैंकले देशभरका १८९ शाखा, १४९ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार