images
images

लोकसेवा आयोगद्वारा प्राविधिक र अप्रावधिकतर्फ विभिन्न पदका लागि कर्मचारी माग

लोकसेवा आयोगद्वारा प्राविधिक र अप्रावधिकतर्फ विभिन्न पदका लागि कर्मचारी माग

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • images
    images
    लोकसेवा आयोगद्वारा प्राविधिक र अप्रावधिकतर्फ विभिन्न पदका लागि कर्मचारी माग

    काठमाडौँ / लोकसेवा आयोगले प्राविधिक र अप्रावधिकतर्फ विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बिहीबार एक सूचना जारी गर्दै लोकसेवाले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी तथा स्वास्थ्य सेवाका नवौँ तहका पदको समावेशी समूहका विभिन्न कर्मचारी माग गरेको हो । 

    images
    images

    दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैङ्क भौचर प्रिन्ट गरी तोकिएका बैङ्कबाट नगद समेत बुझाउन सकिनेछ । 

    यसअघि असोज २५ गते प्रकाशित विज्ञापनको खुलातर्फ आवेदन दिइसकेकाले समावेशी समूहमा आवेदन दिन प्रचलित कानुनबमोजिम योग्य उम्मेदवारले समेत यस सूचना बमोजिम समावेशी समूहमा थप आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ । 

    थप समावेशी समूहमा दरखास्त पेस गर्दा उक्त थप समूहको मात्र दस्तुर लाग्नेछ । मंसीर १ गतेसम्म तोकिएको परीक्षा दस्तुर वा दोब्बर दस्तुर अनिवार्य रूपमा बुझाउनुपर्ने आयोगले जनाएको छ । 

    1.jpg2.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार